भूतपूर्व गोर्खा सैनिक र विदेशमा रहेका नेपालीहरूका पक्षमा जीवनपर्यन्त लडिरहन्छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूतपूर्व गोर्खा सैनिकहरूको हित, समान अधिकार र विश्वभरि रहेका नेपालीहरूको हितरक्षाका निम्ति आफू जीवनपर्यन्त लडिरहने बताएका छन् । मंगलबार दिउँसो भूतपूर्व गोरखा सैनिकहरूको ‘गोरखा समस्या समाधानका लागि आयोजित अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ब्रिटिस सेनामा भर्ती भएकाहरूमध्ये गोर्खालीहरूको तलब, सेवा सुविधा, पेन्सनलगायतका विषयमा जे–जस्तो विभेद विद्यमान छ, त्यो ‘गेसो’को…