काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) फुटसल च्याम्पियनसिपमा आज (माघ ८) माल्दिभ्ससँग खेल्दै छ । खेलमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ । नेपालले यसअघि सम्पन्न पाकिस्तान र भारतसँग क्रमशः ४–४ र ३–३ को बराबरी गरेको थियो भने श्रीलंकाविरुद्ध २–१ को जित निकालेको छ । यता, माल्दिभ्स भने लगातार चौथो जितको खोजीमा रहनेछ ।…