काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा रासायनिक मल कारखानाको आवश्यकता नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा शर्माले अर्गानिक मल कारखानाको भने अवश्यकता रहेको बताए ।…