अर्थतन्त्र सुधार्न ठूलो र गुणात्मक बजेट ल्याउँदै छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न विभिन्न निकायसँग निरन्तर छलफल गरिरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले भूकम्प, कोरोना, रूस र युक्रेन युद्धलगायतको असरका कारण अर्थतन्त्र दबाब परेको बताए । त्यसलाई समाधान गर्नको लागि सरकार सबै क्षेत्रसँग समन्वय र सहकार्यका लागि तयार रहेको उनले…