काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ । देउवालाई भेट्न लिङ्देन उनको निवास पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठलाई साथमै लिएर पुगेका हुन् । लिङ्देन दिउँसो अपराह्न ४ बजे देउवा निवास महाराजगञ्ज पुगेका थिए । उनीहरूबीच आधा घण्टा छलफल भएको हाे । पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा…