काठमाडौं । नेपाल प्रहरीको रिक्त प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पदमा चार जनालाई बढुवा गर्न गृह मन्त्रालयले सिफारिस गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरु सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ सिफारिस भएका हुन् । भण्डारी प्रहरी प्रधान कार्यालय कार्यविभाग, कार्य निर्देशनालय, गिरी विशेष ब्युरो नक्साल, चौधरी महिला बालबालिका तथा ज्येष्ठ…