अमेरिका र इरानबीचको आणविक वार्ता सकारात्मक

काठमाडौं । स्विट्जरल्याण्डको जेनेभामा हिजो सम्पन्न दोस्रो चरणको अप्रत्यक्ष वार्तामा इरान र अमेरिकाबीच आणविक कार्यक्रममा प्रारम्भिक समझदारी बनेको इरानले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तापछि सहमतिको बाटो तय भएको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । विस्तृत सहमतिको मस्यौदा तयार गर्न भने केही समय लाग्ने बीबीसीले उल्लेख गरेको छ । अमेरिकाले इरानमाथि लगाएको…