काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै मिटरब्याजीपीडितले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रहरीको लाठी प्रहारबाट घाइते समेत भएका उनीहरूले चर्को नाराबाजी गर्दै माइतीघरमा प्रदर्शन गरेका हुन् । आफूहरूको माग सम्बोधन गर्नुको साटो गृहमन्त्रीले प्रहरी प्रशासन लगाएर दमन गरेकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको उनीहरूको भनाइ छ । सोमबार काठमाडौंको शान्तिवाटिकामा प्रहरीसँगको झडपमा परी…