महाअभियोग सिफारिस समितिले नेताहरूलाई नबोलाउने

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरुलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो ।  समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र…