सर्लाही । सातौं संस्करणको राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र एफसी क्लबले हात पारेको छ । बागमती नगरपालिका-११ स्थित सन्तोष श्रेष्ठ स्मृति रंगशालामा आइतबार भएको फाइनलमा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउँदै मछिन्द्रले उपाधि जितेको हो । खेलको २९ औँ मिनेटमा जावलाखेलका खेलाडीले डि-बक्स एरियानजिकै फल गरेपछि पाएको पेनाल्टीमा विमल घर्ती मगरले…