राजमार्ग अन्तर्गतका पाँचवटा सडक पूर्ण रुपमा अबरुद्ध

काठमाडौं । वर्षासँगै आएको बाढी र पहिरोका कारण कोशी र बागमती प्रदेशका विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले बिहान ७ बजेसम्मको अवस्थाबारे दिएको जानकारी अनुसार संखुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४, बरुणमा कोशी राजमार्ग अझै अवरुद्ध छ । यस्तै संखुवासभाकै मकालु गाउँपालिका–३, एकुवामा पनि लामो समयदेखि अवरुद्ध कोशी राजमार्ग सञ्चालनमा आउन सकेको छैन…