काठमाडौं । बलात्कार आरोपमा न्यायिक हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्ध उजुरी दिने नाबालिक नरहेको जानकारी गराएका छन् । सोमबार म्याद थपका लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएका सन्दीपले न्यायाधीशसमक्ष जाहेरीवाला १९ वर्षकी युवती रहेकी जानकारी गराएका हुन् ।न्यायाधीशले घटनाबारे सोधेपछि सन्दीपले जाहेरीवालाले आफू १९ वर्षको रहेको बताएकी जानकारी गराएका उनका कानुन व्यवसायी सरोजकृष्ण…