बारा । शैक्षक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् । कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाईते भएका छन् भने केही विद्यार्थी समेत घाईते भएका…