मंसिर पहिलो साता प्रदेश र प्रतिनिधि सभाको चुनाव हुन्छ: प्रचण्ड

बर्दिया । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिरमा नै हुने बताएका छन् । बर्दियाको बेलभारमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले चुनाव एकै चरणमा सम्पन्न गर्नेबारे पनि गठवन्धनभित्र छलफल भइरहेको जानकारी दिए । दुई चरणमा गर्ने कि एक चरणमा भन्ने चाहिँ टुंगिन बाँकी रहेको उनको भनाइ छ…