सप्तरी । सप्तरी सदरमुकाम राजविराजमा जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रूपमा लिएको शपथ बदर हुनुपर्ने माग गर्दै बिहीबार साँझ प्रदर्शन भएको हो । राउतले बिहीबार संसद् भवनमा ‘मधेसी भाषा’ भनेर लिएको शपथप्रति आपत्ति जनाउँदै मिथिला नाट्य कला प्रतिष्ठान (मिलाफ) र मैथिली साहित्य परिषद्ले संयुक्त रूपमा प्रदर्शन गरेका…