वंशजको नागरिकताको निरन्तरता : संविधान संशोधन गर्न एनआरएनएको माग

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्न संविधान संशोधनको माग गरेको छ। गत साता सम्पन्न संघको पूर्ण बैठकले संविधान संशोधनमार्फत वंशजको नागरिकताको निरन्तरता कायम गर्न नयाँ बन्ने सरकारलाई अनुरोध गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष डा. हेमराज शर्माको अध्यक्षतामा बसेको बैठकले संविधानको धारा २९१ संशोधनका लागि आवश्यक पहल गर्ने निर्णय…