वाशिङ्गटन, डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् । नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर…