पहिरोले नुवाकोटका बिभिन्न भागमा क्षति

नुवाकोट । अविरल वर्षाका कारण नुवाकोटमा विभिन्न स्थानमा क्षति पुगेको छ । बाढी र पहिरोले नुवाकोटको पुर्वी भेगमा रहेको ककनी, लिखु र शिवपुरी गाउँपालिकामा क्षति पुगेको छ । पर्यटकीय भेगमा रहेको ककनी गाउँपालिका-५ ढुंग्यानटोलमा पहिरोका कारण १० घरधुरी विस्थापित भएका हुन् । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती घरहरुलाई स्थानान्तरण…