काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन् । पाल्पा–गुल्मी सडकखण्डको रिब्दीकोट गाउँपालिका २, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार त्यहाँ पहिरो खसेको र अहिले निरन्तर पहिरो खसेकाले हटाउन समय लाग्ने देखिएको छ । सडक अवरुद्ध हुँदा बुटवलततर्फबाट गुल्मी, बाग्लुङ, अर्घाखाँची जाने सवारीसाधन…