काठमाडौं । नेपाली फुटबलको सर्वाेच्च संस्था अखिल नेपाल फुटबल संघ(एन्फा) को चार वर्षे कार्यकालको लागि भोलि (सोमबार) निर्वाचन हुँदैछ । बुढानिलकण्ठस्थित पार्क भिलेजमा साँझ आउने नतिजाले आगामी चार वर्ष एन्फा हाक्ने २१ सदस्यीय कार्यसमिति पाउँनेछ । अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ समूहसहित प्रतिस्पर्धाको मैदानमा उभिएका छन् ।…