काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्। बुधबार निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताएका हुन् । उनले नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा…