काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालका अभियन्ता दुर्गा प्रसाईंका विषयमा निर्वाचन आयोगले अनुसन्धानका निम्ति प्रहरीलाई दिएको निर्णयसहितको सक्कल फाइल झिकाएको छ । सोमबार न्यायाधीशहरू डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आयोगले यही फागुन ४ गते गरेको निर्णय झिकाएको हो । आयोगले जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको…