एरिका डब्लुकेएफ वरीयताको १३औँ स्थानमा

काठमाडौं । नेपालकी कराते स्टार एरिका गुरुङ डब्लुकेएफ वरीयताको १३औँ स्थानमा उक्लिएकी छन् । विश्व करातेम महासङ्घ (डब्लुकेएफ) ले टर्कीको इस्तानबुलमा हालै सम्पन्न कराते वान प्रिमियर लिगमा रजक जितेपछि एरिकाको वरीयतामा सुधार आएको हो । एरिकाले महिला ६८ केजीमाथि तौल समूहमा रजक जितेकी हुन् । पछिल्लो दुई वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरूमा लगातार प्रतिस्पर्धा गर्दै आएकी…