काठमाडौँ । निजी क्षेत्रले अमेरिकी आर्थिक सहयोग प्याकेज एमसीसी तत्काल संसदबाट अनुमोदन गरी कार्यान्वयन लैजान सरकारसँग माग गरेको छ । निजी क्षेत्रका उद्योगी व्यापारीको तीन ठूला संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै एमसीसी तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् । नेपालको विकासमा रणनीतिक महत्व…