काठमाडौं । नेपाली चलचित्र (फिल्म) ‘कबड्डी ४’को प्रदर्शनमा भारतको सिक्किम प्रदेश सरकारले रोक लगाउने निर्णय गरेको छ । सिक्किम प्रदेशका मुख्यमन्त्री प्रेमसिंह तामाङले राज्यका नागरिक र विभिन्न संस्थाको संवेदनालाई ख्यालमा राख्दै प्रदर्शनमा रोक लगाउने निर्णय भएको बताए । उनले भनेका छन्, ‘सिक्किमका जनता, विभिन्न संघसंस्था र संगठनको भावनालाई ध्यानमा राख्दै राज्य सरकारले विवाद समाधान नभएसम्म…