लगनखेलमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरकाे डोजर

काठमाडौं । ललितपुर महानगरपालिकाले लगनखेल क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको संरचना भत्काएको छ । आइतबार बिहान ३ वटा डोजरसहित सो क्षेत्रमा पुगेका नगर प्रहरीले वडा नं. ५ लगनखेलमा रहेको सरकारी जग्गा कित्ता नं. १०५ क्षेत्रफल १७-०-०-० जग्गामा निर्माण गरिएको संरचना भत्काएको हो । नगरपालिकाले ३५ दिने सूचना टाँस गरेर दिइएको समयसीमा नाघेपछि आज…