पानीको फोकाजस्तैफुट्दै बगिरहेछन्आँसुका भर्याङ हुँदैखुसीहरू । भित्रभित्रै छट्पटिएरहेरिरहेछ सहरबन्द हुन लागेका श्वासहरू । अन्तिम समयकासाक्षी बनेका छन्घरका भित्ता र दुई जोडी आँखा । हेर्नु र बग्नुबाहेकछैन कतै उज्यालोशून्यताभित्र । आकाशका भुईंहरूले चेप्दैछसिङ्गो संसार ।आँसुका झरीले भिजेका छन्घर अनि सडक ।बन्द हुँदैछन्झ्याल अनि ढोका ।दुक्खका पहाडको भारी बोकेरयात्रा गरिरहेछन्भित्ता समातेका घडीका सुई । मजाक ठान्दै जिन्दगीलाई‘फेब्रुअरी’सम्म…