अर्थमन्त्रीसँग मन्त्री झाँक्रीको आक्रोश: सयौँ टुक्रे योजना मात्रै हालिदिएर हुन्छ चाहिँ के ?

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थमन्त्री जनार्दन शर्माप्रति आक्रोश पोखेकी छन्। आफ्नो मन्त्रालय मातहत शहरी विकाससम्बन्धी करिब साढे ५ सय योजना ५० लाखको मात्र बनाएको भन्दै अर्थमन्त्री शर्माप्रति आक्रोश पोखेकी हुन् । मन्त्री झाक्रीले राजनीतिक गफ गर्न मात्रै योजना बनाएको र बजेट छुट्याएको जस्तो नगर्न पनि आग्रह गरिन्। उनले बजेटका कारण करिव एक…