काठमाडौं, ३ जेठ । एमालेले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारबाटै धाँधली भएको आरोप लगाएको छ । मंगलबारबाट सुरु भएको संसदको ११औँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै एमाले सांसद प्रदीप ज्ञवालीले निर्वाचन नै गराउन नचाहको सरकारले राज्य शक्तिको प्रयोग गरेर चुनावमा धाँधली गरेको आरोप लगाए । ‘पहिला त सरकारले निर्वाचन नै गराउन चाहेको थिएन। अन्तिम…