गाजामा भएको इजरायली आक्रमणमा एक सयभन्दा बढीको मृत्यु

गाजा । गाजामा बुधबार भएको इजरयली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या एक सय १२ पुगेको छ । तीमध्ये सहायताको खोजीमा रहेका २४ जनाको मृत्यु भएको प्यालेस्टिनी चिकित्सा स्रोतले जनाएका छन् । अलशिफा अस्पतालमा ३६, शेख रादवान क्लिनिकमा पाँच जना, अलअहली अरब अस्पतालमा १३, अलअवदा अस्पतालमा १२, अल अक्सा शहीद अस्पतालमा छ र नासेर अस्पतालमा ४० जना…