काठमाडौं । उदयपुर र बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ४५ वर्षीया भक्त कुमारी बुढाथोकीको चट्याङले लागेर आइतबार बिहान मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागेर गम्भीर घाइते भएकी उनको कटारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बागलुङको ढोटपाटन नगरपालिका–७ गाल्ढुङ बस्ने…