काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति आवश्यक छपाइ सामग्री छापिएर निर्वाचन आयोगमा ल्याउन सुरु गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको छापाखानामा छापिएका मतदान निर्देशिका, मतगणना निर्देशिका, निर्वाचनसम्बन्धी ऐन, नियम र अरू निर्देशिका आवश्यक मात्रामा छापिई सकेर आयोगमा आउने क्रम सुरु भएको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । यी सबैलाई…