काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हित विपरीत रहेको भन्दै विरोध जनाएको छ । आज बिहान ११ बजेदेखि देशभरका निजी तथा आवासीय विद्यालयका गाडी चोकचोकमा ल्याएर उनीहरूले विरोध जनाएका छन् । उनीहरूले काठमाडौं उपत्यकाभित्र २७ किलोमिटरको चक्रपथ वरिपरि परिक्रमा गराएका छन् । उनीहरूले दिउँसो माइतीघरमा जम्मा…