विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई समूहबीच भएको झडपका क्रममा गोली चल्दा एक जना गम्भीर घाइते भएका छन्। शनिवार साँझ देवानगञ्ज गाउँपालिका–१, मध्यहर्षाहीमा दुई समूहबीच भएको झडपमा तिघ्रामा गोली लागेका घाइतेलाई उपचारका लागि विराटनगरस्थित अस्पताल लगिएको छ। सीमाक्षेत्रमा भएको आपसी लेनदेनसम्बन्धी विवादका कारण झडप भएको प्रारम्भिक अनुमान गरेको प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।…