काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेशन स्वचालित बनेका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टका रूपमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेशनलाई स्वचालित बनाउन शुरू गरिएको थियो । त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर गरी ७ वटा ग्रिड सबस्टेशन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको…