गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला सम्पर्कविहीन भएकी छन्। मुसिकोट नगरपालिका र इस्मा गाउँपालिकाको सिमानामा पर्ने निस्ती खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको हो। सम्पर्कविहीन हुनेमा मुसिकोट नगरपालिका, इन्द्रेगौँडाकी २९ वर्षीया कल्पना पुन रहेकी छन्। उनी इस्मा गाउँपालिका–४ हुलस्थित माइत जाँदै गर्दा आइतबार साँझ दुर्घटनामा परेकी हुन्। घटनाको जानकारी पाउनासाथ प्रहरी…