काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक न्याय, प्रतिस्पर्धात्मक बजार व्यवस्था र उत्तरदायी राज्यको सन्तुलनमा आधारित आर्थिक मार्गचित्र अघि सारेको छ। पार्टीले आर्थिक समृद्धिको आधार उत्पादन, उद्यमशीलता, सुशासन र अवसरको समान पहुँचलाई बनाउनुपर्ने धारणा राख्दै ‘सामाजिक न्यायसहितको उदार अर्थतन्त्र’लाई आफ्नो आर्थिक दृष्टिकोणका रूपमा प्रस्तुत गरेको छ। पार्टीका महामन्त्री एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत…