काठमाडौं । वरिष्ठ कार्डियोलोजिस्ट डा.स्मृति शाक्यले विश्वमा उपलब्ध अत्याधुनिक उपचार प्रविधि अब नेपालमै पनि सम्भव छ भन्ने सन्देश आमनागरिकसम्म पुर्याउनु आवश्यक रहेको बताएकी छन् । उनी इजरायलबाट भर्खरै स्ट्रक्चरल कार्डियाक इन्टरभेन्सनसम्बन्धी फेलोसिप पूरा गरी नेपाल फर्किएकी हुन् । करिब सात वर्षदेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा इन्टरभेन्सनल कार्डियोलोजिस्टका रूपमा कार्यरत उनले…