कर्णालीमा कांग्रेस-एमालेको संयुक्त ‘ह्वीप’, साझा उम्मेदवार जिताउन निर्देशन

सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कर्णाली प्रदेशमा सत्ता गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) ले चुनावी तालमेललाई कसिलो बनाएका छन् । निर्वाचनमा आफ्ना साझा उम्मेदवारलाई विजयी गराउन दुवै दलले बुधबार साँझ औपचारिक रूपमा संयुक्त अपिल जारी गरेका हुन् । गठबन्धनको तर्फबाट ‘अन्य’ समूहतर्फ नेपाली कांग्रेसका ललितजंग शाही र ‘महिला’…