काठमाडौं । बझाङमा बउलीगाड नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । बउलीगाडको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीतटीय क्षेत्रमा बाढी र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ । “साउन १८ गते, बिहान ०७ः३० बजे । बझाङ जिल्लास्थित…