नेपालको विकास प्रयासमा सक्दो सहयोग गर्ने थाइल्याण्डको प्रतिबद्धता

काठमाडौं । यहाँस्थित थाइल्याण्डका कार्यवाहक राजदूत मामुसाभी मौसाकुलले नेपालको विकास प्रयासमा थाइल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । थाइल्याण्डको राष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा राजदूत मौसाकुलले थाइल्याण्ड र नेपालका बौद्ध सम्पदाले दुई देशबीचको जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाएको बताइन् । नेपालको कृषि क्षेत्रको उन्नयनका निम्ति थाइल्याण्डले यथासम्भव सहयोग गर्दै आएको बताउँदै…