पुनर्निर्माणका लागि नुवाकोटको साततले दरबार भत्काउन शुरु

काठमाडौं । विनाशकारी गोरखा भूकम्पले क्षति पुर्‍याएको नुवाकोटको साततले दरबार पुनर्निर्माणका लागि भत्काउन थालिएको छ । चीन सरकारको सहयोगमा निर्माण गरिन लागिएको दरबारको पुननिर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो । पुरातात्विक सम्पदाको संरचना भएकाले त्यसको संवेदनशीलतालाई ख्याल गर्दै नेपाली प्रतिनिधिको उपस्थितिमा सजगताका साथ दरबारको संरचना हटाउने कार्य…