नेपालगञ्ज–गुलरिया सडकमा चार ‘लेन’ को पुल निर्माण शुरू

बाँके । नेपालगञ्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३ पेडारी नालामा चार लेनको पक्की पुल निर्माण शुरू भएको छ । ६ दशकअघि निर्माण गरिएको पुल साँघुरो र जीर्ण भएकाले नवनिर्माण थालिएको हो । नेपालगञ्जको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालयका सूचना अधिकारी कृष्ण पाण्डेका अनुसार आठ करोड ९६ लाख तीन हजार चार सय ६८ रुपैयाँमा निर्माण कम्पनीसँग…