सरकारको प्रमुख प्राथमिकता चुनाव सम्पन्न गराउनु हो : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारको प्रमुख प्राथमिकता तोकिएको समयमा चुनाव सम्पन्न गराउनु रहेको बताएकी छन् । नेपालमा रहेका विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखसँग सिंहदरबारमा आज भएको सामूहिक भेटका क्रममा उनले आफू नेतृत्वको अन्तरिम सरकारको प्राथमिकताबारे ब्रिफिङ गरिन् । परराष्ट्रमन्त्रीको समेत कार्यभार सम्हालेकी प्रधानमन्त्री कार्कीले नेपालको विदेश सम्बन्ध र त्यसका नीतिका बारेमा…