काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागका अधिकारीहरूले जानकारी दिएका छन् । मलेसियाको समुद्री सुरक्षा विभागका अधिकारी रोमली मुस्तफाका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म…