काठमाडौं । प्रहरीले सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई थुनामुक्त गराएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अग्रवाललाई ४९ लाख १९ हजार ८६५ रुपैयाँ धरौटी जमानत लिएर छाडेको हो । अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५ को व्यवस्था अनुसार सीआईबीले नै जमानत लिएर छाडेको ब्युरोको सहप्रवक्ता एसपी निरञ्जन भट्टले जानकारी दिए ।…