काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा रु १,९३,६०० कायम गरिएको छ, जुन आइतबारको मूल्यसँग समान हो। आइतबार मात्रै सुनको मूल्य एकै दिनमा १,१०० रुपैयाँले घटेको थियो। चाँदीको मूल्य भने आज केही बढेको देखिएको छ।…