काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले चुनावलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । सिंहदरबारमा आज बसेको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा उहाँले शान्ति सुरक्षासहित सबै पक्षलाई चुनावमा सहज ढङ्गले सहभागिता हुने गरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन् । उनले भने, ‘चुनाव शान्तिपूर्ण ढङ्गले, व्यवस्थित ढङ्गले सम्पन्न गर्न…