काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको विषय सरकारलाई औपचारिक जानकारी नभएको बताएका छन् । शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरेलले कुलमान घिसिङ रास्वपामा प्रवेश गरेको विषय औपचारिक रूपमा जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने निर्णय र स्वयं घिसिङका तर्फबाट लिनुपर्ने निर्णय हुने बताए…