चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने समझदारी

काठमाडौं । चीनले नेपालका चार वटा परियोजनामा सहयोग गर्ने सहमति भएको छ । आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्तापछि समझदारीमा हस्ताक्षर भएको हो । अर्थमन्त्री पौडेलको सचिवालयका अनुसार चितवनको भरतपुरमा रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टेशन निर्माणसम्बन्धी परियोजना, निजामती…