काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको छानबिन नसकिँदासम्म नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी कुनै पनि कार्य नगर्न नेपाल क्रिकेट संघ (क्यान) लाई राष्ट्रिय खेलकुद परिषद्ले आदेश दिएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई आइतबार पठाइएको पत्रमा परिषद्ले १२ घन्टा भित्र स्पष्ट विवरणसहितको जवाफ पेश गर्न भनेको छ। खेलकुद मन्त्रालयको निर्णय अनुसार गठित कार्यदलले क्यानलाई…